पर्सा । भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा बीकन सेकन्डरी स्कूलले आयोजना गरेको मटका निर्माण प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूले सिर्जनात्मकता र भक्ति भाव प्रकट गर्दै विभिन्न आकार, रङ र डिजाइनका आकर्षक मटका तयार पारेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले आफ्ना हातले सजाएका मटकामा भगवान श्रीकृष्णप्रति श्रद्धा, प्रेम र उत्साह झल्किएको देखिन्थ्यो। विद्यालयका संस्थापक तथा समाजसेवी प्रकाश उपाध्ययाले यस्ता गतिविधिले विद्यार्थीहरूमा कलात्मक सीप विकास गर्ने मात्र नभई सांस्कृतिक मूल्य र परम्परा आत्मसात गर्न प्रेरणा दिने बताए।
उनीले आगामी दिनमा पनि शिक्षामूलक र सांस्कृतिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने विद्यालयको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका शिक्षक जय कुमार दनुवार, सुबाश भट्टराई, मंगल सिंहसहित अन्य शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।