काठमाडौं । टिकटकमा साधारण भिडियोहरू बनाएर लाखौं दर्शकको मन जितेका अचल शाही ठकुरीले आफ्नो पहिलो मौलिक म्युजिक भिडियो ‘सप्तरंगी’ को टिजर सार्वजनिक गरेका छन्। हिजो सार्वजनिक भएको टिजरले दर्शकबीच सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
मोबाइलको सानो पर्दाबाट सुरु भएको अचलको यात्रा सहज थिएन। साधारण क्यामेराबाट खिचिएका भिडियोहरू मार्फत सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्दै उनले निरन्तरता, अथक मेहनत र साहसको साथ अघि बढ्दै अन्ततः युट्युबको ठूलो पर्दासम्मको यात्रा तय गरेका हुन्।
“सपना देख्नु सजिलो छ, पूरा गर्न साहस चाहिन्छ,” अचलले भने, “सप्तरंगी मेरो साहसको स्वर हो।”
पूर्ण म्युजिक भिडियो आगामी श्रावण ३१ गते युट्युबमा सार्वजनिक हुने छ। यो गीतले युवापुस्तालाई आफ्ना सपना साकार पार्न अडिग रहन र कठिनाइलाई चुनौती दिन प्रेरणा दिने अपेक्षा गरिएको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।
https://youtu.be/Iix6erHMPEk?si=aj3JIIn0MK4euokQ