बारा । बाराको कोल्हबीमा अत्याधुनिक तथा सुविधासम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।कोल्हबीको मुख्य चोकमा बनिरहेको अत्याधुनिक तथा व्यवस्थित हाटबजारको निर्माण कार्य ९५ प्रतिशत सम्पन्नभ भईसकेको छ । अब ५ प्रतिशत काम मात्रै बाँकी रहेको र त्योपनि केही दिनमै पुरा हुने साईट ईन्चार्ज दिनेश खनालले जानकारी दिए ।
उनका अनुसार, ३ विघा क्षेत्रफलमा निर्माण भईरहेको हाटबजारमा ७ वटा ब्लक रहेका छन् । जहाँ फरक–फरक प्रकारका सामानहरु विक्री कक्षपनि बनाइएको छ ।
मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले ठेक्कामा लिएर निमार्ण गरिरहेको हाटबजारमा ७२ वटा सटर भएको ३ वटा बिल्डिंग सपिङ कमप्लेक्स , २६ वटा सटर भएको २ वटा बिल्डिंग र २ वटा खुद्रा बजारको सेड रहेका छन् । बाँकिको अन्य ब्लकमा मार्केट स्टल रहने छ भने मार्केट स्टलकै बीचमा रहेकोे खुल्ला स्थानमाबजार लाग्ने खनालले बताए ।
कोल्हबीमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार निर्माण थालिएको कोल्हबी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले बताए ।
“हाटबजार सञ्चालनमा आइसकेपछि व्यवसायीहरुको स्वास्थ्यमा असर नपर्ने,कृषकले उत्पादन गरेका तरकारी,फलफुलले बजार पाउने भएकाले यो नगरपालिकाको गौरबको आयोजना मध्यको एक हो,हाटबजार निर्माणको लागि नगर बिकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटले निमार्णकार्यको सुरुवात भएको थियो, अब आउदो असोज महिनाबाट संचालनमा ल्याईनेछ,जुन बारा जिल्लाकै नमुना हाटबजार हुन्छ,’मेयर चौधरीले भने ।
हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती,इन्टरलक टायल देखि शौचालय समेत निर्माण भईसकेको नगरपालिकाका ईन्जिनियर गणेश प्रसाद चौधरीले बताए ।ब्यवस्थित पार्किंग,बिश्रामस्थल सहित हाट बजारमा मुल्य सूचिसहितको डिसप्ले बोर्ड पनि राखिने ईन्जिनियर चौधरीले बताए ।