जनकपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को भव्य कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ। कार्यक्रम अनेरास्ववियु मधेस प्रदेश संयोजक सतीश चन्द्र सिंहको अध्यक्षतामा भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) मधेस प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले अनेरास्ववियुको योगदानलाई स्मरण गर्दै विद्यार्थी आन्दोलनलाई अझ सबल बनाउन सकरात्मक पहल जारी राख्नुपर्ने बताएका थिए।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष, सचिव, सचिवालय सदस्यलगायत विभिन्न जिम्मेवार पदाधिकारीलाई सम्मान–पत्र प्रदान गरिएको थियो। सो अवसरमा नव–निर्वाचित केन्द्रीय सदस्य आशिफ अहमदलाई पनि विशेष सम्मान गरियो।
सम्मानपछि बोल्दै अहमदले संगठन विस्तार, प्रशिक्षण, रचनात्मक कार्यक्रम सञ्चालन, विद्यार्थी आन्दोलनलाई सशक्त रूपले अघि बढाउने र स्ववियु निर्वाचन तथा ‘मिशन ८४’ लाई सफल बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय नेतृत्व, आठौँ जिल्ला इन्चार्ज, विभिन्न जिल्ला अध्यक्ष तथा संयोजकहरू लगायत विद्यार्थीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।