पर्सा । मधेश प्रदेशको प्रमुख धार्मिक स्थल भाथा धाम प्रवेशद्वार उद्घाटन, मन्त्री जयसवाल र वडा अध्यक्ष अन्सारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छन्।
मधेश प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा नव निर्मित पटेर्वा सुगौली गाउपलिका वडा नं १ स्थित सम्पन्न भाथा धामको प्रवेशद्वार शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा प्रदेश सरकारको मन्त्री प्रमोद जयसवाल र पटेर्वा सुगौली गाउँपालिका वडा नं १ का वडा अध्यक्ष फरमान मिया अन्सारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको उद्देश्यले निर्माण गरिएको यो प्रवेशद्वारले भाथा धामको पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रमको अवसरमा मन्त्री जयसवालले मधेश प्रदेश सरकार धार्मिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनप्रति प्रतिवद्ध रहेको बताउँदै, भाथा धाम जस्ता स्थलहरूको पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिएको स्पष्ट पारे।
वडा अध्यक्ष अन्सारीले आउने दिनमा भाथा धामलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए।
समारोहमा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो।