वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका–४ डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ५२ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्याम पटेल, विशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्र र पूर्व नगर प्रमुख नितेन्द्र साह, बहुदरमाई युवा समाजको अध्यक्ष हरिनारायण तिवारी उर्फ राकेश तिवारी, उपाध्यक्ष सुरेन्द्र प्रजापति सचिव सुबाष प्रजापति, कोषाध्यक्ष शिवशंकर ठाकुर उर्फ विशाल ठाकुर लगायत स्थानीय भद्रबलादमी ज्युहरुको उपस्थिति रहेका थियो।
सांसद पटेलले आफनो रक्तदान गरी कार्यक्रमको समुद्घाटन गरेका थिए। रक्तदानलाई जीवनदानको रूपमा लिँदै यस्ता कार्यक्रमले मानवीयता र एकताको सन्देश फैलाउने बताए ।
आफ़ना अमूल्य रक्तदान गर्नेहरुमा महिला काजल साह सहित चन्दन यादव ,प्रेम शाह,कृष्ण कुशवाहा, सुबास प्रजापति रहेका छन।
आयोजक बहुदरमाई युवा समाजले सबै रक्तदातालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम संचालन विशाल ठाकुरले गरेका थिए भने शुभकानमा मंतव्य सुभाष प्रजापतिले गरेका थिए।