वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय भेला ठोरीमा सम्पन्न भएको छ। भेलाले जितेन्द्र मिश्रको नेतृत्वमा क्षेत्रीय समिति पुनर्गठन गरेको छ।
रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादवका अनुसार सभापतिमा मिश्र पुनः निर्विरोध निर्वाचित भएका हुन्। पुनर्गठित समितिमा उपसभापति प्रवेज अहमद, सचिव सुमन परियार तथा सदस्यहरूमा विकि यादव, दिपेन्द्र दास तत्वा र अमलेस प्रजापति सर्वसम्मत चयन भएका छन्।
कार्यक्रम रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तको सभापतित्वमा तथा केन्द्रीय सदस्य डा. यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला उपसभापति तुल्सी पौडेल, पूर्व जिल्ला संयोजक दिलीप कुर्मी, क्षेत्रीय सभापति मनोज कुर्मी, राम आर्य, प्रमोद राय माझी, गाउँपालिका सभापति र वडा समितिका सभापतिहरूको उपस्थिति रहेको थियो।
यसैगरी शनिबार ठोरी गाउँपालिकाको समिति पनि पुनर्गठन गरिएको छ। डा. यादवका अनुसार सभापतिमा माधव बस्नेत निर्विरोध निर्वाचित भएका छन्।