वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा गण्डक नहरदेखि राधेमाई रोडसम्म करिब एक किलोमिटर क्षेत्रमा सडकबत्ती (सोलारबत्ती) ३–४ महिनादेखि नबलेको स्थानीयले गुनासो गरेका छन् ।
सडकबत्ती नबलेका कारण बिहान मोर्निङ वाकमा जाने महिला तथा पुरुषहरूलाई अँध्यारो स्थान पार गर्नुपर्दा असुरक्षित महसुस हुने गरेको छ । स्थानीय रामेश्वर पटेलका अनुसार, अँध्यारोका कारण दुर्घटना र आपराधिक घटनाको जोखिम बढ्न सक्ने देखिएको छ ।
सार्वजनिक सुरक्षासँग प्रत्यक्ष जोडिएको यो समस्या समाधानका लागि चाँडोभन्दा चाँडो पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । उनीहरूले महानगरका मेयर र वडा अध्यक्षलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।