वीरगञ्ज । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज चौधरी प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रमको शुभारम्भमा अतिथिहरूलाई स्वागत गरिनुका साथै तीजको महत्वबारे संक्षिप्त मन्तव्य राखिएको थियो। त्यसपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
सांस्कृतिक प्रतियोगितामा विद्यार्थीहरूले तीज गीत, नृत्य, कविता वाचन, र अभिनय प्रस्तुति दिए। प्रतियोगितालाई निर्णायक मण्डलले मूल्यांकन गरी उत्कृष्टलाई पुरस्कृत गरेको थियो।
विजेताहरूलाई प्रमुख अतिथि चौधरीले प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभयो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीय समाजसेवीहरूको समेत उपस्थिति थियो। विद्यालय परिवारले सबै शिक्षक , शिक्षिका र कर्मचारीहरुलाई “दर” खुवाएर तीजको उल्लासलाई अझ रमाइलो बनाएको थियो।
प्रधानाध्यापक चौधरीले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा संस्कृतिप्रतिको सम्मान र सिर्जनशीलता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।