पर्सा । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–१ मा रहेको श्री राम जानकी दुर्गा मन्दिरमा आउँदो दशैँ मेलालाई सफलतापूर्वक सञ्चालन गर्न आज गाउँ भेलाले दुर्गा पूजा समिती गठन गरेको छ।
समितीको गठन कार्यक्रम वडा अध्यक्ष बिनोद मेहताको अध्यक्षतामा सम्पन्न भएको हो। समितीको अध्यक्षमा अभीजीत मेहता चयन भएका छन् भने २१ सदस्यीय समिती पनि गठन गरिएको छ।
वडा अध्यक्ष बिनोद मेहताले भने, "दशैँ मेला हाम्रो सांस्कृतिक धरोहर हो। यसलाई व्यवस्थित र भव्य बनाउन सबैको सहभागिता आवश्यक छ। समिती मार्फत मेलालाई सुरक्षा र अनुशासनसहित आयोजना गरिनेछ।"
समिती अध्यक्ष अभीजीत मेहताले भने, "हामी समितीका सबै सदस्यको सहकार्यमा मन्दिर परिसरमा आउने भक्तजनका लागि सुसज्जित र सुरक्षित मेला आयोजना गर्ने छौँ। स्थानीयवासीको सहभागिताले यस मेला अझ सफल हुनेछ।"
स्थानीयवासीले पनि समिती गठनको स्वागत गर्दै आउँदो दशैँ मेला सहज र उल्लासपूर्ण हुने आशा व्यक्त गरेका छन्।