वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग विवाद गरेको विषयमा पक्राउ परेकी किरण साहविरुद्धको मुद्दामा बहस सकिएको छ । सरकारी वकिलको कार्यालयबाट पर्सा जिल्ला अदालतमा पेस भएको मुद्दामा बिहीबार बहस सकिएको हो ।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभिक मल्लिकले केहीबेर अघिमात्रै न्यायाधीश कमलकान्त जोशीको इजलासमा साहको मुद्दाको बहस सकिएको हो ।
गएको शनिबार प्रहरीले सोधपुछका लागि भन्दै टिकटकर समेत रहेकी साहलाई बोलाएको थियो । त्यसपछि खानेपानी मन्त्री यादवको स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा नियन्त्रणमा लिएर प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ ।