पर्सा ।कालिकामाई गाउँपालिका–५, बीरन्ची बर्वाका अर्जुन महतो केवटलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गए राति करिब १ बजेर ३० मिनेटमा उनले छिमेकीको घरमा प्रवेश गरी जबर्जस्ती करणी प्रयास गरेको स्थानीयले आरोप लगाएका छन्। पीडित परिवारका सदस्यले उनलाई घटनास्थलमै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय पोखरियाबाट पुगेको प्रहरी टोलीले राति २ बजे उनलाई पक्राउ गरी हिरासतमा राखेको जनाएको छ।
केवट जनता माध्यमिक विद्यालय, मुडलीमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। स्थानीयवासीका अनुसार उनले यसअघि पनि टोलमा यस्तै प्रकारका घटना दोहोर्याउने गरेको गुनासो आएको छ।