पर्सा । सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले आफ्नै पालिकाको लेटर प्याडमा किसानलाई डीएपी र युरिया मल उपलब्ध नगराउने अनुरोध गरेका छन्
यो अनुरोध कृषि सामग्री कम्पनीसँग सम्बन्धित हाकिम दुर्गा पाण्डेलाई लेखिएको छ यस्तो निर्णयलाई “गलत प्राविधिक” भनिएको छ – यसको अर्थ, व्यक्तिगत रिसिवी वा विवादका कारण जनतालाई आवश्यक सेवा नदिइएको हो भन्ने आशंका उठाइएको छ।
गाउँपालिका अध्यक्षको हैसियतले, उहाँको काम सेवा प्रवाहलाई सहज बनाउनु हो, बाधा पुर्याउनु होइन।
यदि यो कदम व्यक्तिगत रिसिबीमा आधारित हो भने, यो दुरुपयोग हो र अनुशासनात्मक कारबाहीको विषय हुन सक्छ।
यस्ता विषयमा पुर्ब गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल र हालका उपा अध्यक्ष शर्मिला बिष्ट एक्सनमा आउनुभएको छ।
सखुवा प्रसौनी गाउँपालिकामा हालसालै मलखाद अभावले किसानहरू मारमा परिरहेका बेला, पूर्व लोकप्रिय गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल तुरुन्तै एक्सनमा उत्रनु भयो।
सखुवा प्रसौनी गाउँपालिकामा मलखादको चरम अभावका कारण किसानहरू समस्यामा परेका बेला, पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालको सक्रिय पहलपछि तुरुन्तै मल उपलब्ध गराइएको छ।
समयमा मल नपाएपछि व्यापक असन्तोष सिर्जना भएको थियो। किसानहरूले खेतीको मुख्य सिजनमा मल नपाउँदा खेत सुक्न थालेको गुनासो गरिरहेका थिए। स्थानीय तहको ढिलासुस्ती र राजनीतिक विवादले मल वितरण प्रभावित भएको किसानहरूको भनाइ छ।
यसबीच, पूर्व अध्यक्ष प्रदीप जयसवालले समस्या गम्भीर बन्दै गएको देखेर स्वेच्छिक पहल गर्दै सम्बन्धित निकायसँग समन्वय गरी मलखादको आपूर्ति गराएका छन्। उनको पहलपछि स्थानीय कृषकहरूले आवश्यक मल पाएका छन्।
स्थानीय किसान भन्छन्, "गाउँपालिका अध्यक्ष यवन्त यादबले मल दिन तयार थिएन। पुर्ब गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल सरले नभएका भए हामीले खेती गर्नै पाउने थिएनौं। उहाँ किसानको भगवान् बनेर आए।"
यस घटनापछि सामाजिक सञ्जालहरूमा 'जय प्रदीप जयसवाल' र 'तय प्रदीप जयसवाल' जस्ता नारा देखिन थालेका छन्। चौतर्फी प्रशंसा भइरहेका बेला, केही नागरिकहरूले आगामी स्थानीय निर्वाचनमा पुनः जयसवाललाई नेतृत्वमा देख्न चाहेको संकेत गरेका छन्।
"हामी उहाँको नेतृत्वको अभाव महसुस गरिरहेका छौं," एक स्थानीय युवाले बताए, "अब कि बार प्रदीप जयसवाल भन्ने आवाज बलियो हुँदै गएको छ।"
पूर्व अध्यक्ष जयसवालले भने, "कृषकलाई मल आवश्यक पर्दा मौन बस्नु अन्याय हो। यो विषय राजनीतिक होइन, मानवीय हो। म सधैं जनताको साथमा छु।"