काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिनुभएको छ । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उहाँले आज राजीनामा दिनुभएको हो ।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारी, खानेपानीमन्त्री प्रदीप यादवले राजीनाको घोषणा गर्नुभएको थियो ।
'जेन जी' ले हिजाे गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएकाे थियाे । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ ।