काठमाण्डाै । केही युवाले काठमाण्डाैका विभिन्न ठाउँमा सडक सफा गरेका छन् । आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएको फोहोर सफा गर्न युवा खटिएका हुन् ।
उनीहरूले आज संसद् भवन अगाडि, मीनभवन र बानेश्वर सडक खण्डमा सरसफाइ गरेका छन् । हिजो र अस्ति २ दिनसम्म भएको 'जेन जी' आन्दोलनका क्रममा फोहोर भएको सडक र वरिपरिका क्षेत्र सफा गरेका हुन् ।
सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायतका फोहोर उनीहरूले सफा गरेका हुन् । सडकमा जलाइएका मोटरसाइकल, टायर पनि उनीहरूले पन्छाइरहेका छन् ।
तर काठमाण्डौ उपत्यकाका सडकका विभिन्न ठाउँमा जलाइएका गाडीहरू भने बीच सडकमा नै अलपत्र अवस्थामा रहेका छन् । अझै पनि कतिपय ठाउँमा ती गाडीबाट धुँवा निस्किरहेका छन् ।