अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र उनीहरूले नै सिंहदरबारसहित राज्यका साझा संरचनामा आगजनी गरेको बताएका छन् । उनले
अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको माग र माओवादीले विगतदेखि उठाउँदै आएका विषयहरुबीच मेल खाने भन्दै आन्दोलनका कैयन पीडादायी पक्ष भए पनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावना ढोका खोलेको बताएका छन् । यसका लागि उनले जेनजी पुस्तालाई विशेष धन्यवाद समेत दिएका छन् ।
उनले जेनजी आन्दोलनका एजेण्डाले उन्नत लोकतन्त्रको माग गरेको भन्दै संसद विघटन र संविधानविरुद्ध जेनजी पुस्ताको माग नरहेको दाबी गरेका छन् । उनले संविधान र वर्तमान संसदीय प्रक्रियाबाटै उनीहरूका माग पूरा हुने दाबी गरेका छन् ।



