काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अहिलेको समय छिटो र बुद्धिमानीसँगै काम गर्ने समय भएको बताएका छन् ।
उनले देशको एकताको रक्षा, सार्वभौमसत्ताको रक्षा गर्दै थप हानी वा आक्रमण रोक्न पनि आवश्यक रहेको बताएका छन् ।
‘यो समय देशको एकता, सार्वभौमसत्ता रक्षा गर्दै एकजुट भएर नेपाल बचाउनु पर्ने समय हो,’ रोहितले भने ।
बुद्धिमानीपूर्वक नेतृत्व छनोट गरेर सबैसँगै उभिएर राम्रो नेपाल, बलियो नेपाल बनाउने समय आएको उनले बताए ।