पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभाष भट्टको सरुवा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन गरिएको छ।
भट्टलाई चितवन पठाइएसँगै पर्सामा नयाँ नायब उपरीक्षकका रूपमा हरी बहादुर बस्नेत आइपुग्ने भएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पिलर ७ अनुसन्धान तथा कारवाही शाखा, लाजिम्पाट काठमाडौँमा कार्यरत डीएसपी बस्नेतलाई पर्सा सरुवा गरिएको हो।
भट्टले आफ्नो कार्यकालमा जिल्लामा कानून व्यवस्था सुदृढीकरण, अपराध नियन्त्रण तथा यातायात व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका थिए।
बस्नेतले चाँडै नै पर्सामा पदभार ग्रहण गरी जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
सरुवा प्रक्रियापछि पर्सा प्रहरी नेतृत्वमा नयाँ टीमसँग कानून–व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।