पर्सा । पकहाँमैनपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष सुरेश मेहताभन्दा नेपाली कांग्रेसका सभापति हरी चौहानको प्रभुत्वले सर्वत्र चर्चा पाएको छ। पालिकामा दुई वडा सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निर्वाचित भए पनि कर्मचारी र जनप्रतिनिधिहरूका अनुसार अध्यक्ष मेहताले सभापति चौहानको अनुमति बिना कुनै निर्णय गर्न सक्दैनन्।
एक वडा अध्यक्षका अनुसार सभापति चौहानकै आदेशमा पटक–पटक गल्ती गरेका बिरामी वाहन चालकलाई पुनः बहाली गरिएको छ। करिब एक महिना अघि तेल बेच्ने आरोपसहित हटाइएका चालक मनोज यादवलाई पुनः नयाँ चालकको रूपमा नियुक्त गरिएको थियो।
तर अहिले सभापति चौहानले असलमलाई नेपाली कांग्रेसको नभएको भन्दै पुनः यादवलाई साँचो थमाएका छन्। यस निर्णयको सर्वत्र विरोध भइरहेको छ र जनप्रतिनिधि तथा कर्मचारीबीच तनाव बढेको छ। पालिका अध्यक्ष मेहताले यस विषयमा चुपचाप बस्नुले पनि स्थानीय जनमानसमा आक्रोश बढाएको छ।