बीरगंज । स्टार्ट नेटवर्क तथा मेडसा डु मोन्ड फ्रान्सको सहकार्यमा आसमान नेपालको आयोजनामा सञ्चालित हैजा तथा झाडापखाला प्रकोप रोकथाम तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत बीरगंज महानगरपालिका–२० र २३ मा जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।
कार्यक्रममार्फत हैजा तथा झाडापखाला रोकथाम, सरसफाई, पुनर्जलीय जल बनाउने तरिका, पियुष हालेर पानी शुद्ध गर्ने विधि तथा नियमित रूपमा साबुनपानीले हात धुने महत्वबारे जानकारी गराइएको थियो। साथै, हात धुने तरिका र पानी शुद्धिकरण गर्ने उपायहरू नाटकमार्फत प्रस्तुत गरिएको थियो।
सडक नाटक जय हनुमान तराई विकास तथा सांस्कृतिक केन्द्र पर्साद्वारा प्रस्तुत गरिएको हो। नाटकमा घेवान पटेल, ज्योतिषा लक्ष्मी शाह, जोगेन्द्र यादव, रामनिवास देहातीलगायत कलाकारहरूले अभिनय गरेका थियो।
कार्यक्रममा आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर शाह कार्यक्रम प्रबन्धक विजयकुमार यादव
अधिकृत वीरञ्जन प्रसाद यादव, धर्मेन्द्र चौरसिया, सामाजिक परिचालक राजु पटेल, रिता शाह, नितेश शाह लगायतको उपस्थिति रहेको थियो।