पर्सा । पर्साको छिपर माई गाउँपालिका–५ मा शनिबार बेलुका भएको विवादका क्रममा विपक्षी पक्षले चलाएको गोली लागेर १६ वर्षीय गोलु आलम घाइते भएका छन्। घाइते आलमलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको आफन्तहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान जारी छ।