वीरगञ्ज । विश्व लायन्स सेवा दिवसको अवसरमा वीरगञ्जको त्रिजुद्ध माविमा अध्ययनरत ११ जना दृष्टिविहिन विद्यार्थीहरूका लागि विशेष सेवा कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ र लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीद्वारा संयुक्त रुपमा आयोजित विशेष सेवा कार्यक्रममा आइज नेपाल वीरगञ्जद्वारा आश्रित दृष्टिविहिन विद्यार्थीहरूलाई खाजासँगै उनीहरुको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पेनड्राइभ वितरण गरिएको थियो ।
सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका उप–गभर्नर लायन रामबिहारी पाण्डेले दृष्टिविहिन विद्यार्थीहरूलाई सशक्त बनाउन तथा उनीहरूको आत्मबल वृद्धि गर्न समुदायको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै लायन्स क्लबद्वारा आगामी दिनहरुमा पनि यस्ता सेवामूलक कार्यहरू निरन्तर सञ्चालन गरिने प्रतिवद्धता जनाएका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ को–चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट चिफद्वय लायन विजय गुप्ता, लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सनद्वय लायन सुनिल गुप्ता, लायन रितिका जयसवाल, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी उपाध्यक्ष लायन अहिल्या श्रेष्ठ, आइज नेपाल वीरगञ्जका अध्यक्ष महेश साह, कोषाध्यक्ष रुपशीला जयसवाल, लायन्स क्लबका अन्य पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।