वीरगंज । वीरगंज महानगरपालिका–२४ ज्योति नगरका वासिन्दा युवा समूहले आउँदो छठ पर्वलाई मध्यनजर गर्दै मेयर राजेशमान सिंहसमक्ष छठ घाटसम्म पुग्ने बाटो निर्माण गरी दिन सादर अनुरोध गरेका छन्।
स्थानीय युवाहरूले महानगरको ध्यानाकर्षण गराउँदै भनेका छन् कि हरेक वर्ष छठ पर्वमा हजारौं श्रद्धालुहरू घाटसम्म पुग्न कठिनाइ भोग्नुपर्छ। त्यसैले धार्मिक तथा सांस्कृतिक पर्व छठलाई व्यवस्थित र सुरक्षित ढङ्गले सम्पन्न गर्नका लागि घाटसम्म पुग्ने सडक मर्मत तथा निर्माण कार्य तत्काल सुरु गरियोस् भन्ने माग गरिएको छ।