काठमाडौं । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका सबै ८ मृतक र १० घाइतेको नाम खुलेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृतक सबै ८ जना र घाइते १० जनाको नाम खुलेको हो । उनका अनुसार ७ जनाको घटना स्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका ३ की ३० बर्सिया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, सोही वडाकी १५ बर्सिया दिलमाया बुढा, १५ बर्सिया कल्पना नेपाल र २८ वर्षीय सबिता बिक रहेका छन् । त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर २ की १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओलीको समेत दुर्घटनामा मृत्यु भएको छ ।
घाइतेहरुमा १७ बर्सिया सिर्जना बुढा, १५ बर्सिया सपना नेपाल, १८ बर्सिया जुना बुढा, १७ बर्सिया सङ्गीता बुढा, १९ बर्सिया शान्ति बुढा, १७ बर्सिया अञ्जना यरी, २० बर्सिया महिमा ओली, १७ बर्सिया मनिषा थापा, १५ बर्सिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा रहेको जिल्ला प्रहरी प्रमुख विष्टको भनाई छ ।
उनका अनुसार घाइते मध्ये चालक बुढा मुसिकोट नगरपालिका २ का रहेकोमा अन्य ९ जना घाइते आठबिसकोट नगरपालिका १ का रहेका छन् । घाइते मध्ये १८ बर्सिया जुना बुढालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ । सबै शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।
मुसिकोट खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ को जिप बाँफिकोट ७ मा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए । उनीहरू जिल्लाको त्रिवेणी गाउँपालिका सिम्रुतुस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।
मृतकहरू
१. कमला ओली, वर्ष ३०, आठबिसकोट नगरपालिका ३
२. टेकजंग बुढा, वर्ष १६, आठबिसकोट नगरपालिका १
३. दिलमाया बुढा, वर्ष १५, आठबिसकोट नगरपालिका १
४. मनिका ओली, वर्ष १७, आठबिसकोट नगरपालिका २
५. सर्मिला बिक, वर्ष १८, आठबिसकोट नगरपालिका २
६. गोपाल ओली, वर्ष २२, आठबिसकोट नगरपालिका २
७. कल्पना नेपाल, वर्ष १५, आठबिसकोट नगरपालिका १
८. सबिता बिक वर्ष २८, आठबिसकोट नगरपालिका १
घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टोपजंग बुढा, चालक, वर्ष ३४