काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग गृहमन्त्रीले भेट गरेको सन्दर्भ देखाउँदै उनले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारको अवस्था बुझ्ने प्रयास किन नगरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले भनेका छन्– 'खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको ? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्। खोइ लाज ? खोइ नैतिकता ? खोइ निष्ठा ?'
गुरुङले गृहमन्त्री अर्यालको राजीनामा माग्दै आएका छन् । बिहीबार मात्र उनले २ दिनको अल्टिमेटम दिँदै नैतिकता देखाउन आग्रह गरेका थिए ।