काठमाडौँ । अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या कटौती गरेकी छिन्। २६ सदस्यीय सचिवालयबाट कार्कीले १४ जनालाई हटाएकी हुन्। अब उनको सचिवालय ६ सदस्यीय भएको छ। अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की विवादमा मुछिएकी थिइन्। श्रीमती नियुक्तिको विवादमा परेका आदर्शलाई भने प्रधानमन्त्रीले सचिवालयमा कायम राखेकी छिन्। जेनजी आन्दोलनको प्रतिनिधि रुपमा सचिवालयमामा परेकाहरुलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्। जेनजी आन्दोलनका अभियानी प्रदीप ज्ञवाली, आकृती घिमिरे लगायतलाई सचिवालयबाट हटाइएको हो।