काठमाडौँ । सामाजिक सञ्जाल टिकटक र फेसबुकमा युनिफर्म लगाएको फोटो र भिडियो पोस्ट गर्ने २१२ जनालाई सशस्त्र प्रहरीका कर्मचारी कारबाहीमा परेका छन् ।
२०८० देखि अहिलेसम्म २१२ जनालाई अनुशासनको कारबाही गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आन्तरिक नीति विपरीतको काम गरेको भेटिएपछि उनीहरूलाई कारबाही गरिएको हो ।’
युनिफर्म लगाएर हतियार समेत प्रदर्शन गरेर भिडियो तथा फोटो अपलोड गर्नेहरूलाई सशस्त्रले नसियत, बढुवा रोक्का र सख्त चेतावनीको कारबाही गर्दै आएको छ ।
पछिल्लो ३ दिनयता १३ जना सशस्त्र प्रहरी कर्मचारीमाथि सामाजिक सञ्जाल प्रयोगमा लापरबाही गरेको आरोपमा कारबाहीको प्रक्रिया सुरु गरिएको डीआईजी थापाले जानकारी दिए ।