वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–रानीघाट क्षेत्रबाट १३ वर्षीय बालक अमरदीप पटेल विगत चार दिनदेखि बेपत्ता भएका छन्। अमरदीपको स्थायी घर पर्सा जिल्लाको जमुनिया रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार अमरदीप चार दिनअघि घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा आएका छैनन्। विभिन्न स्थानमा खोजी गर्दा पनि उनको अत्तोपत्तो नलागेपछि परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
कसैले अमरदीपलाई कतै देख्नुभएको छ वा उनको अवस्थाबारे कुनै जानकारी भएमा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
📞 सम्पर्क नम्बर: ९८०७१६३७९५, ९८४४४५५८०२ बेपत्ता बालकको खोजीमा सहयोग गर्न सबैमा आग्रह गरिएको छ।