वीरगञ्ज । समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा आज आवर संसार बाल गृह परवानीपुर, वीरगञ्जलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
बाल गृहमा रहेका विद्यार्थीहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै क्लबहरूले चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यान्न एवं सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले लायन्स क्लब सधैं समाजसेवा र मानवीय सहयोगमा समर्पित रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, आवर संसार बाल गृहकी प्रोजेक्ट कोर्डिनेटर बिना चौधरीले चारवटै सहयोगी लायन्स क्लबहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लायन्स क्लबहरूले गरेको सहयोगले बाल गृहमा रहेका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताउनुभयो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सलमा खातुन, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी उपाध्यक्ष कुसुम वर्णवाल, लायन रूपशिला जैसवाल, आवर संसार बाल गृहकी अपरेसनल इन्चार्ज प्रेक्षा भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लायन्स क्लबहरूको यो संयुक्त मानवसेवा अभियानले समाजमा सहयोग, करुणा र एकताको सन्देश दिएको छ । कार्यक्रमले “We Serve” भन्ने लायन्स क्लबको मूल नारालाई व्यवहारिक रूपमा उजागर गरेको छ ।