वीरगञ्ज । माघी (खिचडी) पर्व २०८२ लाई सभ्य, भव्य र उल्लासपूर्ण रूपमा मनाउने उद्देश्यले पर्सा जिल्लाको वीरगञ्जमा नयाँ माघी मूल समारोह समिति–२०८२ गठन गरिएको छ।
बुधवार वीरगञ्जस्थित सफल एकेडेमीको प्राङ्गणमा आयोजित बैठकमा वीरगञ्जमा बसोबास गर्ने बारा, पर्सा र रौतहटका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा महिलाहरूको उपस्थितिमा समिति गठन गरिएको हो। उक्त बैठक २०८१ का संयोजक प्रवीण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।
बैठकमा थारु कल्याणकारिणी सभा पर्साका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने थारु नागरिक समाज बारा, पर्सा तथा रौतहटका संयोजक परमानन्द चौधरीले कार्यक्रम सफल बनाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए।
यस वर्षको माघी पर्वका प्रमुख अतिथिका रूपमा समाजसेवी, शिक्षा प्रेमी तथा वीरगञ्जको कुम्हालटोलमा रहेको आदर्श थारु छात्रावास निर्माणका लागि पहिलो पटक एक कट्ठा जग्गा दाता स्व. बलिराम डंगोलका प्रतिनिधिलाई चयन गरिएको समितिले जनाएको छ।
समितिको संयोजकमा जंगबहादुर चौधरी चयन भएका छन् भने उप–संयोजकमा शम्भु महतो थारु र मनोझ चौधरी रहेका छन्। समितिमा प्रवीण चौधरी, परमानन्द चौधरी, प्रमोद कुमार चौधरी, हरिकिशोर चौधरी, हृदयनारायण चौधरी, लक्ष्मण चौधरी, रामदत्त प्रसाद चौधरी, विजय ओझिया, पुनम चौधरी, अजय चौधरी, चन्द्रप्रकाश चौधरी, नन्दकिशोर पञ्जियार, विकास चौधरी, रामशुन्दर चौधरी, मनोज चौधरी, शेखर चौधरी, भुवनेश्वर चौधरी र दिपेन्द्र चौधरीलगायत २१ जना सदस्य रहेका छन्।