वीरगंज । बढ्दो प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि वीरगंज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयमा तीन दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार पौष ७ गतेदेखि ९ गतेसम्म सबै विद्यालयमा पठनपाठन स्थगित गरिनेछ। उक्त अवधि वर्षे सट्टे विदाबाट कट्टा हुने जनाइएको छ।
यसैबीच, पौष ११ गते शैक्षिक क्यालेण्डरअनुसार पहिल्यै सट्टा विदा रहेकाले पौष १३ गते आइतबारदेखि विद्यालयहरू पूर्ववत् समयमा सञ्चालन हुने महानगरपालिकाले जानकारी दिएको छ।
महानगरपालिकाले विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।