वीरगन्ज २५ कार्तिक : वीरगंज महानगर–३ छपकैयास्थित ओम अस्पतालमा आज बिहान नवजात शिशुको मृत्युलाई लिएर परिवारजनले विवाद गरेका थिए । उनीहरुले चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लगाउ“दै अस्पतालमा होहल्ला गरे । वडा प्रहरी कार्यालय, बिर्ताले परिस्थितिलाई साम्य पारेको थियो । जगरनाथपुर गाउ“पालिकाका रोक्सा खा“को १० दिने शिशुको उपचारको क्रममा आज निधन भएपछि विवाद भएको हो । अस्पतालका चिकित्सक डा जगत दीपले अवस्था बिग्रिएपछि शिशुलाई आप्mनो अस्पतालमा ल्याएको र सङ्क्रमण बढेर मृत्यु भएको बताए । उनले अन्य अस्पतालमा शिशुको उपचार गरिएको र अवस्था बिग्रिएपछि आप्mनो अस्पतालमा ल्याइएको कारण अस्पतालको दोष नभएको बताए । शिशुका परिवारजनले भने ओम अस्पतालको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले क्षतिपूर्ति र उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि कारबाईको माग गर्दै वप्रका बिर्तामा निवेदन दर्ता गराएका छन् ।