काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदवार जलाउन उक्साउने को हो ? भन्दै गरेका छन् । आज सामाजिक संजाल फेसवुकमा भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने एमाले भएको इंगित गर्दै उनले काठमाडौं महानगरका मेयर बालेन साह लक्षित गरेका छन् ।
उनले लेखेका छन्, ‘अव प्रश्न गरौं, भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ काठमाडौंका मेयर बालेनले केहि महिना पहिले सार्वजनिक विदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोकेपछि सिंहदवार जलाइदिने धम्कि दिएका थिए । त्यसको केहि महिनापछि जेनजी आन्दोलनका क्रममा सिंहदरवार जलाइएको थियो ।