वीरगन्ज २५ कार्तिक : जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । वीरगंज महानगर–२५ मौजे श्रीसियाबाट बारा जिल्ला, कलैया उपमहानगर–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवारलाई फेनारगन, डाइजेपाम, नुर्पिmन ६००÷६०० पिस गरी १८ सय एम्पुल बरामद गरेको थियो । पक्राउ परेका कलवारले दिएको सूचनाको आधारमा प्रहरीले कलैया उपमहानगर–९ रामपुरबाट २९ वर्षीय चन्दन कुशवाहालाई पनि पक्राउ गरेको छ । ना.२ प ६४२८ नं.को मोटरसाइकलसहित कुशवाहालाई पक्राउ गरिएको हो । प्रहरीले दुवैजनाको मिलोमतोमा लागूऔषधको कारोबार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दा चलाइएको जिप्रका, पर्साले जनाएको छ ।