काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाइ राजीनामा बुझाएका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिने निर्धारित तालिका रहेपनि यसअघि केहिबेर अलमल भएको थियो। तर, बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रीत गराउन उनले आजै राजीनामा दिएका बताइएकाे छ।
‘उहाँले राजीनामा दिइसक्नु भएको छ, विहानसम्म त आज नदिने कि भन्ने थियो, तर चुनावमा केन्द्रित हुनको लागि आजै दिँदा सजिलो हुने भएकोले आज नै राजीनामा दिनुभयो,’ मेयर शाहका सचिवालयका एक सदस्यले भने, ‘रास्वपाको बैठकमा जानुअघि उहाँले राजीनामा दिनुभएको हो ।’
