वीरगन्ज । रास्वपाले मनोनयन दर्ताका लागि केही समय बाँकी रहँदा पर्साका चारै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
आसन्न निर्वाचनका लागि जिल्लामा सबै नयाँ अनुहारलाई रास्वपाले उम्मेदवार बनाएको जिल्ला सभापति हरि पन्तले बताए ।
रास्वपाले जिल्लाको क्षेत्र नम्बर–१ मा हरि पन्त, क्षेत्र नम्बर–२ मा सुशील साह कानु, क्षेत्र नम्बर–३ मा रामाकान्त चौरसिया र क्षेत्र नम्बर(४ बाट टेकबहादुर शाक्यलाई उम्मेदवार बनाएको छ ।