वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको अभियोगमा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले उक्त धरौटी माग गर्ने निर्णय गरेको हो। लामिछाने विरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गरिएको थियो।
अदालतको आदेशपश्चात् लामिछाने प्रभु बैंकको बैंक ग्यारेन्टी बुझाएर धरौटीमा रिहा हुने प्रक्रियामा रहेका छन्। सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा पुर्याएको र अपचलन गरेको आरोपमा उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान र कानुनी कारबाही अघि बढिरहेको छ।
पर्सामा धरौटीमा रिहा हुने आदेश भए तापनि अन्य जिल्लाहरूमा चलिरहेका मुद्दका कारण उनको कानुनी प्रक्रिया अझै जारी रहने देखिएको छ।
मागदाबी ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो रहेको छ ।