

वीरगन्ज २६ कार्तिक : पर्साको बिन्दवासीनीमा कार्तिक ६ गते नेकपाको नाममा गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि मृत्यु भएका पार्टीका स्थानीय नेता मुकेश चौरसियाको सम्मानमा आयोजना गरिएको श्रद्धान्जली सभा स्थगीत भयो । पार्टी अध्यक्ष पुष्पकमल दहालले कार्तिक २५ को मितिमै कार्यक्रममा आउन नसक्ने लिखित पत्र पठाए । तर श्रद्धान्जली सभाको आयोजना गर्नेहरुले २६ गते मात्र पार्टी अध्यक्षको पत्र सार्वजनीक गर्दै कार्यक्रम स्थगनको सूचना सार्वजनीक गरे । पार्टी अध्यक्ष दाहालले श्रद्धान्जली सभामा आफू आउन नसक्ने जानकारी गराएको भएपनि आयोजकले भने कार्यक्रम स्थगीत नै गरे । आयोजकले कार्यक्रमको नाममा चंदा संकलन गर्न पार्टी अध्यक्षको पत्र ढिलो सार्वजनीक गरेको र उठाएको चंदा खर्च गर्नबाट जोगाउन पार्टी अध्यक्षको नाम बेचेर कार्यक्रम स्थगनको घोषणा गरेको देखिन्छ ।
राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सृजना भएको छैन । पार्टी भित्रको बिवाद पहिला देखिनै जारी छ । प्रतिपक्षीय राजनीतिको अभावलाई पार्टी भित्रको एउटा पक्षले पुरा गर्दै आएको छ । यही बिवादको पृष्ठभूमीमा पार्टी अध्यक्ष दाहाल मुकेश चौरसियाको हत्या आरोपमा किटानी जाहेरी परेका नेताहरुको अगुवाईमा भएको कार्यक्रममा सहभागि हुदा पार्टी भित्रको बिवादले अर्को रुप लिने भएकोले अध्यक्ष पर्सा नआएको स्रोतले जनाएको छ । मुकेश चौरसियाको हत्या आरोपमा नेकपाका केन्द्रीय सदस्य प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पार्टीका पर्सा इन्चार्ज रामचन्द्र साह ,प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, बिक्रम चौरसिया ,परशुराम यादव सहित १५ जना बिरुद्ध हत्या आरोप लागेको छ । यो किटानी आरोपलाई जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालय पर्साले दर्ता नं २०८ मा दर्ता गरेर अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । अनुसन्धानकोलागि प्रहरी हिरासतमा हुनु पर्ने मान्छेहरुको अगुवाईमा हुने कार्यक्रममा पार्टी अध्यक्षको सहभागिताले कानूनी शासनको खिल्ली उडाउने र आरोपीत नेताहरु अनुसन्धानको दायराबाट उम्किने आधार बन्ने खतरा रहेकोले अध्यक्ष पर्सा नआउनु भएको अध्यक्ष निकट एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साले आरोपीत नेताहरु बिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार आरोपीत नेताहरु अनुसन्धानको दायरा भन्दा बाहिर नरहेकोले पक्राउ पूर्जी जारी गरिएको हो । घटनाको अनुसन्धान गर्दा घटना स्थलमा रहेका नेताहरु अनिवार्य रुपमा अनुसन्धानको घेरा पर्ने देखिन्छ ।
प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको बेलामा अनुसन्धानलाई पनि प्रभाव पार्ने गरि आयोेजना गरिएको श्रद्धान्जली सभामा पार्टी अध्यक्ष नआएपछि श्रद्धान्जली सभाको नाममा पार्टी नेतृत्व आफूहरुसंग रहेको देखाउने र आफूहरु ठिक छौ भन्ने सन्देश दिन चाहने नेताहरुको सपना भताभूगं भएको छ । पार्टी अध्यक्षको पत्र २५ गते नै आएको छ । तर कार्यकर्ताहरु झण ब्यानर बनाउन अन्य ब्यवस्थापनका काम गर्न २६ गते बिहान सम्म परिचालीत भएका थिए । षडयन्त्रको जगमा राजनीति गर्न पल्केका नेताहरुले पार्टी अध्यक्षले प्रेषित गरेको पत्र आफनै कार्यकर्तालाई जानकारी नदिइ लुकएका थिए । यसरी पत्र किन लुकाइयो रु एक दिन अगाडीको पत्रका बारेमा जानकारी किन गराइएन भन्ने प्रश्न अहिले चौधरी र साहलाई सोधनी भइरहेको छ । स्रोतका अनुसार चंदा रकम दिन तय गरिसकेका ब्यक्तिहरुले रकम दिन ढिला भएकोले पार्टी अध्यक्ष दाहाल पर्सा नआउने कुरालाई लुकाइएको हो ।
मुकेश चौरसियाको हत्याको वतावरण बनाउन जुन नेताहरु दोषी थिए उनीहरु अनुसन्धानको दायरामा किन परेनन भन्ने प्रश्न पनि पेचिलो रुपमा उठन थालेको छ । पर्सा प्रहरीले घटनाको बारेमा जानकारी दिने तर झगडा छोडाएर शान्तिपूर्ण वतावरण बनाउन भूमिका नखेल्ने चौधरी, साह , यादव र चौरसिया लगायतका नेताहरुसंग सोधपुछ नगरेको भन्दै असन्तुष्टि बढ्न थालेको छ । तर प्रहरीले अनुसन्धान बिभिन्न रुपमा भइरहेको बताएको छ ।
कार्तिक ६ गते भएको घटनामा परि घाइते भएका चौरसियाको उपचारको बिषयमा नेताहरु गम्भिर नभएकोले उनले मृत्युवरण गर्नु परेको टिप्पणी हुन थालेको छ । नेताहरुलाई हृेलीकप्टर मार्फत बीरगंज झिकाउन सकेकाहरुले चौरसियालाई उपचारकालागि हेलीकप्टर मार्फत काठमाण्डौ लान किन सकेनन रु भन्ने प्रश्न उठे पनि त्यो निरुत्तर रहेको छ । बरु नेकपा एमालेको खातामा रहेको पैसा १ लाख रुपैया निकासा गरियो । ५० हजार मृतक परिवारलाई दिइएको छ । अन्य ५० हजार को लेखाजोखा खोजीहुदैछ । त्यती बेला नै स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरुबाट औषधि उपचारकोलागि पैसा चाहियो भन्दै उठाइएको थियो । अहिले श्रद्धान्जली सभाको नाममा पैसा उठाइएको छ । यो रकम के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । उठेको रकम पारदर्शी रुपमा उपयोग हुन्छ की नाई त्यो हेर्न भने पर्खिनु पर्ने भएको छ ।