वीरगन्ज २६ कार्तिक : नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले महिलाहरुलाई शारीरिक सरसफाइ सामग्री वितरण गरेको छ । रेडक्रसद्वारा संचालित कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोगबाट प्रभावित भएका घरका महिलाहरुलाई शारीरिक सरसफाइ सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए । शारीरिक सरसफाइ सामाग्रीमा स्यानेटेरी प्याड, ब्रस, पेस्ट, सेनिटाइजर, साबुन, रुमाल, पीयूषलगायतको सामग्री वितरण गरिएको उनले जानकारी दिए । उक्त सामग्री वीरगंज महानगरपालिका वडा नं. ४ मा वडाध्यक्ष जगत साह कानुको रोहबरमा २५ जना महिलाहरुलाई बितरण गरिएको थियोे । सो अवसरमा कार्यमा कार्यक्रम अधिकृत उमेस मिश्र, अजय यादव, लेखा अधिकृत बिरशमसेर प्रसाद कुर्मि, सामाजिक परिचालक अजय चौरासीयाको सहभागीता रहेको थियो ।