पर्सा । पोखराको ‘लिची बारी’ भनिने जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ आज आइतबार विशेष अदालतमा बयानका लागि उपस्थित भएकी छन्।
उक्त मुद्दाको सुनुवाइ विशेष अदालतमा न्यायाधीश सुदर्शनदेव भट्टको नेतृत्वमा सदस्य न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको छ। अदालतमा आज उनको बयान लिने कार्य अघि बढाइएको छ।
यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–१६ स्थित दिप विर्ता (लिची बगैचा) क्षेत्रको नक्सा नं. २५, २६ र २८ अन्तर्गतको जग्गा सम्बन्धी भ्रष्टाचार भएको दाबी गर्दै पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। सोही मुद्दामा
श्रेष्ठ पनि प्रतिवादीका रूपमा मुछिएकी छन्।
दुई पूर्व मन्त्रीबीच भएको भनिएको अडियो संवाद सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो। अब अदालतले बयान र बहसका आधारमा मुद्दाको आगामी प्रक्रिया तय गर्नेछ।
यस घटनाले उच्च तहका राजनीतिक व्यक्तिहरू जोडिएको भ्रष्टाचार प्रकरणप्रति जनचासो पुनः बढाएको छ।