वीरगन्ज २६ कार्तिक : प्रदेश दुई सरकारले पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय गरेको छ । यसअघि राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतहरुको उपचार गर्न स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने निर्णय गरिएको थियो । तर अहिले कलैयाबाट ६ किलोमिटर भित्र गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भबनलाई ट्रमा अस्पताल बनाउने निर्णय गरिएको छ । प्रतिपक्षी दल नेकपाले निर्णयको विरोध गरेको छ । प्रतिपक्षी दलका सांसदहरुले राजमार्गको आसपासमै ट्रमा अस्पताल बनाउन माग गरेका छन् ।