वीरगन्ज २७ कार्तिक : पर्सा, बारा, रौतहट र मकवानपुरका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ५३ जनाको थोर्ट स्वाबको नमुनालाई परिक्षण गर्दा दुई महिलासहित दश जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै पर्साको वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० का दुई जना र वडा नम्बर २, ४, ८, १५ र १६ मा एकरएक जनामा गरी ७ जनामा संक्रमण देखिएको छ । त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ को एक जनामा संक्रमण देखिएको छ । उता रौतहटको माधवनारायण नगरपालिकाका एक र हेटौडा उपमहानगरपालिकाका एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए । थपिएका संक्रमितहरु २० वर्षदेखि ५२ वर्ष उमेर समुहसम्मका रहेको छ भने उनीहरुको सिटि भ्यालु २१ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।