पर्सा । बिपीएस प्लस टू कलेजद्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि प्रेरणात्मक (Motivational) तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम बीरगंजको होटल भिस्वामा आयोजना गरिएको छ ।
कार्यक्रमका सभापति कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेल रहेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आर्मीका प्रमुख सेनानी लोकेन्द्र कार्की (लेफ्टिनेन्ट कर्नेल) उपस्थित थिए। विशेष अतिथिका रूपमा नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेल सहभागी भएका थिए ।
यस अवसरमा प्रशिक्षक सन्तोष कुमार कर्णले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, आत्मविश्वास वृद्धि तथा करियर विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा कलेजका निर्देशक राजेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सन्दीप कुशवाहाले कलेज तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा प्रिन्सिपल प्रभात मेहता , लालबाबु चौरसिया , अनील बर्णवाल , हरिन्द्र कुशवाहा , विशेष सुवेदीब, आकाश पटेल,रवि यादव, सचितानन्द ,लगायत विभिन्न शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी र प्रेरणादायी भएको बताएका छन्।
यस किसिमका तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा भविष्य निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास कलेजले व्यक्त गरेको छ।