वीरगन्ज २७ कार्तिक : पर्सागढी नगरपालिका वडा न ३ बडनिहार बजारमा गएराति दुइवटा पसलमा चोरी भएको छ । चोरले रातको समय पर्सागढि सप्लायर्स पसलको पछाडिको ढोका फोडेर काउन्टरमा रहेको नगद सात हजार चोरी गरेको र पसलमा क्षति गरेकोे पसलका सन्चालक बुद्धिराज पौडेलले बताए । गएराती नै बडनिहार बजारमा रहेको कस्मेटिक पसलमा पनि चोरी भएको छ । चोरले कस्मेटिक पसलको पछाडिको पर्खाल फोडेर नगद पाँच हजार जति चोरी गरेको पसल सन्चालक किसोर चौधरीले बताए । बिरुवागुठि प्रहरी चौकिका इन्चार्ज निलराज काफ्लेले रातको समयमा दुइ पसलमा चोरी भएको र चोरको खोजी कार्य भैरहेको बताए ।