काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्। आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पद हात पारेकी हुन्।
निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये ठाकुरले २१५ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी लामाले मात्र पाँच मत पाइन्।
ठाकुरलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो। यद्यपि, एमालेले भने मतदान प्रक्रियामा भाग लिएन। औपचारिक घाेषणा हुन भने बाँकी छ।