काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले स्थानीय तहको संख्या, सीमा तथा वर्गीकरण पुनरावलोकन सम्बन्धमा सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमामा आवश्यक पुनरावलोकन गर्नुपर्ने देखिएको उल्लेख गरिएको छ।
यसै सन्दर्भमा मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर, एक आपसमा गाभिने तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ को प्रारम्भिक मस्यौदा तयार पारिएको जनाएको छ।
उक्त मस्यौदामा सरोकारवालाबाट सुझाव संकलन गरी अन्तिम रूप दिने तयारी गरिएको छ। मन्त्रालयले सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई आफ्नो राय/सुझाव ३ दिनभित्र इमेलमार्फत पठाउन अनुरोध गरेको छ।
सुझाव पठाउनका लागि मन्त्रालयले [email protected] तथा [email protected] इमेल उपलब्ध गराएको छ।