वीरगंज । वीरगंज कलेजले कक्षा १२ को विद्यार्थीहरुलाई शनिवार बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका सञ्चालक एवं प्रमुख बिनोद गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका पूर्व प्रमुख प्रेम सिंह भट्टले विद्यार्थीहरुले अनुशासित रही परीक्षा दिनु पर्ने र असल नागरिक हुनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रमका विशिष्ट अतिथि कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले बिद्यार्थीहरुले पालना गर्नु पर्ने अनुशासनको बारेमा चर्चा गर्दै विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक के.सी.लामिछानेले बिदाई शब्दले थप दायित्वबोध गराईरहेकोले विद्यार्थीहरुलाई जिम्मेवार र सजग बन्न सुझाएका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य राघव साह, प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, अध्यापकहरु सुशिला साह, सरोज चौधरी, बिनोद मेहता, दिनेश चौरसिया, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर, प्रमुख प्रशासक सुरेश चौधरी लगायतकाले विद्यार्थीहरुको उज्वल भविषयको कामना गरेका थिए ।
सो कार्यक्रममा कलेजका छात्राहरुले सास्कृतिक प्रस्तुती दिएका थिए भने कार्यक्रमको सहजिकरण कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए ।