पर्सा । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले सांसद रहबर अन्सारी ले संसदमा दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यक्ष गुप्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि धर्म वा समुदायलाई लक्षित गरी सम्पूर्ण समुदायमाथि नकारात्मक टिप्पणी गर्नु अनुचित भएको बताएका छन्। उनले हिन्दू समुदायको धार्मिक आस्था र "हर हर महादेव" जस्ता नारालाई गलत अर्थ लगाएर प्रस्तुत गर्नु धार्मिक सद्भावविरुद्ध हुने उल्लेख गरेका छन्।
उनले अभिव्यक्ति स्वतन्त्रता सबैलाई भए पनि त्यसको प्रयोग गर्दा कुनै धर्म, जाति वा समुदायको भावनामा ठेस पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन्। गुप्ताले सबै समुदायबीच सम्मान, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै "हिंसाको कुनै जात वा धर्म हुँदैन, जहाँ हिंसा हुन्छ त्यहाँ मानवता नै हार्छ" भन्ने धारणा व्यक्त गरेका छन्।
अध्यक्ष गुप्ताले सांसद अन्सारीको अभिव्यक्तिले सामाजिक तथा धार्मिक सद्भावमा नकारात्मक असर पर्न सक्ने भन्दै यस्ता विषयमा जिम्मेवार अभिव्यक्ति दिन सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई आग्रह गरेका छन्।