वीरगन्ज १६ मंसिर : सेफर वीरगंज संस्थाले वीरगंज शहरलाई आपराधिक घटनाबाट सुरक्षित पार्न करीब १ करोडको बजेट खर्च गर्ने योजना अघि बढाएको छ । वीरगंजको विभिन्न सडक, चोक, बजार क्षेत्रमा प्रशस्त सिसिटिभी क्यामेरा जडान गरी सिसिटिभी क्यामेराले निगरानी गर्ने योजना अघि बढाइको हो । सेफर वीरगंजले हिजो वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले वीरगंजलाई चोरी, डकैती, हत्या, अपहरणलगायत आपराधिक घटनाबाट बचाउन यस्तो योजना अघि सारेका हुन ्।
यस अघि सेफर वीरगंजलाई प्रदेश २ सरकारले ३५ लाखको भिडियो वाल सहयोग गर्ने बताएको थियो। उक्त कार्यका लागि पर्सा क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादवले १० लाख, प्रदेश सांसद विभा यादव, करिमा बेगमले ५–५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । वीरगंज महानगरको विभिन्न वडाको करीब ८ वटा वडा कार्यालयले ३–३ लाख अर्थात् २४ लाख सहयोग पाउने आश्वासन पाएको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी गराए ।