काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा पनि छापा मारिरहेको छ । आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना,नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।
राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।